जनवरी 21, 2021 मा अद्यावधिक गरिएको

यस कठिन समयमा आफूलाई थप स्याहार गर्नुहोस् र ध्यान दिनुहोस् ।  तपाईंले कुनै दिन राम्रो महसुस गर्न सक्नुहुन्छ भने अर्को दिन नै तपाईं चिन्तित हुने, डर लाग्ने वा रिसाउने हुन सक्नुहुन्छ ।  यो सामान्य कुरा नै हो ।

यहाँ तपाईंले आफ्नो मानसिक तथा शारीरिक स्वास्थ्यको ख्याल राख्नका लागि प्रत्येक दिन गर्न सक्ने केही कुराहरू छन् ।

मानसिक स्वास्थ्य

  • एकछिन रोकिएर लामो सास तान्नुहोस् ।
  • आफूप्रति नम्र हुनुहोस् ।
  • स्क्रिनहरूबाट नियमित रूपमा ब्रेक लिनुहोस् ।
  • तपाईंलाई आवश्यक पर्दा एक्लै समय बिताउनुहोस् ।
  • आफ्ना साथी, समुदाय र विश्वसनीय संस्थाहरूसँग भर्चुअल रूपमा जोडिनुहोस् ।
  • प्रकृतिमा रमाउनुहोस् ।
  • तपाईंले नियन्त्रण गर्न सक्ने र नसक्ने कुराहरूलाई पहिचान गर्नुहोस् ।

शारीरिक स्वास्थ्य

  • नियमित तालिकाको पालना गर्नुहोस् ।
  • दिनभरि नै नियमित खाना तथा स्नाकहरू खानुहोस् र पानी पिउनुहोस् ।
  • आफ्नो शरीरलाई चलाई राख्नुहोस् ।
  • पर्याप्त मात्रामा सुत्ने प्रयास गर्नुहोस् र आराम गर्न समय निकाल्नुहोस् ।