9/27/2002
COVID-19 का औषधीहरू
COVID-19 परीक्षण
COVID-19 को फैलिनबाटरोक्नुहोस्
यदि तपाईंले बिरामी भएको महसुस गरेमा
तपाईंको परिवारको लागि स्याहार प्राप्त गर्ने
6 महिना र सोभन्दा बढी उमेरका सबैले COVID-19 विरुद्धको खोप लगाउन सक्नुहुन्छ । तपाईंले सिफारिस गरिएको खोपको पूरा मात्रा लगाइसक्नुभएको छ भने पनि आफ्नो परिवार र साथीहरूको स्वास्थ्यको ख्याल राखिराख्नुहोस् । तपाईं बिरामी हुनुहुन्छ भने घरमै बस्नुहोस्, हात धुनुहोस् र परिवार तथा साथीहरूलाई चिकित्सा सेवा र मानसिक स्वास्थ्य सहायता प्राप्त गर्न मद्दत गर्नुहोस् ।
COVID-19 खोपहरूले समुदायलाई कोभिडबाट बचाउन मद्दत गर्छन्
मैले COVID-19 खोप कसरी लगाउने?
COVID-19 खोप कसरी लगाउने तरिकारहरू धेरै छन्:
-
ओरिगन खोप लोकेटर प्रयोग गरी खोप लगाउने स्थान फेला पार्नुहोस्
-
आफ्नो नजिकैको क्लिनिक वा फार्मेसी फेला पार्न 211 वा 1-866-698-6155 मा कल गर्नुहोस्।
-
Multnomah County नियमित रूपमा निर्धारित गरिएका COVID-19 खोप क्लिनिकहरू आयोजित गर्छ। थप जानकारीका लागि Multco साप्ताहिक क्लिनिकहरू मा जानुहोस् वा 503.988.8939 मा फोन गर्नुहोस्।
तपाईंले खोप लगाउन जाँदा के अपेक्षा गर्ने
-
तपाईं U.S. नागरिक हुन आवश्यक छैन।
-
खोप लगाउनाले तपाईंको आप्रवास स्थितिमा प्रभाव पर्ने छैन वा यो सार्वजनिक शुल्कको रूपमा गणना हुने छैन।
-
तपाईंसँग सामाजिक सुरक्षा नम्बर हुन वा उपलब्ध गराउन आवश्यक छैन।
-
तपाईंले स्वास्थ्य बीमा गर्न आवश्यक छैन।
-
खोप निःशुल्क हो।
खोप लगाउने अपोइन्टमेन्टमा जाँदा सवारी यात्रा आवश्यक पर्छ? 211 वा 1-866-698-6155 मा कल गर्नुहोस्।
COVID-19 को बुस्टर डोज:
बुस्टर डोज भनेको समयको क्रमसँगै खोपलाई अझ बढी प्रभावकारी बनाउनका लागि पहिले नै खोप लगाइसकेका अधिकांश मानिसहरूलाई सिफारिस गरिएको खोपको महत्त्वपूर्ण अतिरिक्त डोज हो ।
तपाईं निम्न कुरा पूरा भएपछि पहिलो बुस्टर शट लगाउन योग्य हुनुहुन्छ:
- Pfizer वा Moderna खोपको दोस्रो डोज लगाएको कम्तीमा 5 महिनापछि
- तपाईंको प्रतिरक्षा प्रणाली कमजोर छ भने Pfizer वा Moderna खोपको तेस्रो डोज लगाएको कम्तीमा 3 महिनापछि
- Johnson & Johnson खोप लगाएको कम्तीमा 2 महिना पछि
12 वर्ष वा सो भन्दा बढी उमेरका सबैजनाले आफ्नो तेस्रो बुस्टर शट लगाउनुपर्छ।
पेडियाट्रिक बुस्टरहरू 5 देखि 11 वर्षका बच्चाहरूका लागि पनि उपलब्ध हुन्छन्। बच्चाहरूले आफ्नो प्राथमिक कोभिड-19 का डोजहरू लगाउन एकदमै महत्त्वपूर्ण छ।
दोस्रो बुस्टरहरू
दोस्रो बुस्टर डोजहरू केही मानिसका लागि उनीहरूले पहिलो बुस्टर शट लगाएको 4 महिना पछि उपलब्ध हुन्छन्।
- दोस्रो बुस्टरहरू प्रतिरक्षा प्रणाली कमजोर भएका 12 वर्ष र सो भन्दा बढी उमेरका मानिसहरू र 50 वर्ष वा सो भन्दा बढी उमेरका सबै वयस्कका लागि उपलब्ध हुन्छन्। गम्भिर कोभिड-19 को उच्च जोखिममा रहनुभएका वृद्ध वयस्क, प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति र अन्तर्निहित अवस्था भएका व्यक्तिलाई दोस्रो बुस्टर खोप लगाउन महत्त्वपूर्ण हुन्छ।
थप जानकारी: “COVID-19 विरूद्धको खोपका बुस्टरहरू” र “अतिरिक्त डोजहरू” (OHA)
6 महिनादेखि 17 वर्षसम्मका बालबालिकाका लागि खोपहरू
FDA ले 6 महिनाभन्दा कम उमेरका बालबालिकाका लागि दुई वटा खोप स्वीकृत गरेको छ । Pfizer-BioNTech खोप 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिकाका लागि हो । Moderna खोप 6 महिनादेखि 6 वर्ष मुनिका बालबालिकाका लागि हो ।
धेरै बालबालिकाले आफ्नो बाल रोग विशेषज्ञको कार्यालयबाट खोप लगाउन सक्ने छन् । केही सामुदायिक केन्द्र र केही फार्मेसीहरूले पनि साना बालबालिकाहरूलाई खोप लगाउने छन् ।
5-11 वर्षका बालबालिकाका लागि पेडियाट्रिक बुस्टरहरू पनि उपलब्ध छन् । बालबालिकाहरूलाई COVID-19 विरुद्धको खोपका सुरुका दुई डोजहरू (कहिलेकाहीँ "प्रारम्भिक शृङ्खला" पनि भनिन्छ) लगाइदिन एकदमै जरुरी छ ।
-
14 वर्षभन्दा कम उमेरका सबैजनासँग आमाबुवा, अभिभावक वा आमाबुवाले निर्दिष्ट गरेको कुनै-न-कुनै व्यक्ति अनिवार्य हुनुपर्छ ।
-
आमाबुवा वा अभिभावक बाहेक अन्य कोही 5 -14 वर्ष उमेरको बच्चासँग हुन्छ भने, उनीहरूलाई आमाबुवा/अभिभावकको सहमतिको प्रमाण उपलब्ध गराउन आवश्यक हुनेछ। आमाबुवा वा अभिभावकलाई केही चिकित्सा प्रश्नहरूको जवाफ दिन फोन द्वारा उपलब्ध हुन पनि आवश्यक हुनेछ। सहमतिको प्रमाण निम्न मध्ये एक हुन्:
-
हस्ताक्षर गरिएको सहमति फाराम वा
-
लिखित वा टाइप गरिएको नोट जसमा आमाबुवा/अभिभावकको नाम, जवान युवासँग उनीहरूको सम्बन्ध, जवान वयस्कको जन्म मिति, जवान युवाले खोप लगाएको छ भनी आमाबुवा/अभिभावकले सहमति जनाउनुहुन्छ भन्ने सहमति र आमाबुवा/अभिभावकको हस्ताक्षर।
-
- 15-17 वर्ष उमेरकालाई आफूसँगै एकजना वयस्क हुनुआवश्यक छैन र Oregon राज्यमा आमाबुवाको अनुमति आवश्यक हुँदैन। हामी युवा वर्गलाई चिकित्सा निर्णय लिनमा विश्वासिलो वयस्कहरूसँग संलग्न हुन प्रोत्साहन गर्छौं।
थप जानकारी:
- बालबालिका र COVID-19 विरूद्धको खोप
- किशोर-किशोरी र COVID-19 विरूद्धको खोप
- 6 महिनादेखि 17 वर्षसम्मका बालबालिकाका लागि COVID-19 विरूद्धका खोपहरू (OHA)
गर्भावस्था तथा स्तनपान र COVID-19 खोप
गर्भवती वा हालैमा गर्भवती रहेका महिलाहरू अन्य मानिसहरूभन्दा COVID-19 बाट गम्भीर रूपमा बिरामी हुने वा अस्पतालमा जानुपर्ने सम्भावना बढी हुन्छ । CDC ले निम्न मानिसहरूलाई COVID-19 खोपका साथै बुस्टर डोज लगाउन जोडदार सिफारिस गर्छ:
- गर्भवती,
- हालैमा गर्भवती रहेका (स्तनपान गराइरहेकासहित)
- हाल गर्भवती हुन प्रयास गरिरहेका वा भविष्यमा गर्भवती हुन सक्नेहरू ।
गर्भावस्था, स्तनपान र COVID-19 खोपमा थप जानकारी हेर्नुहोस्
थप COVID-19 खोपका स्रोतहरू
- 12-17 वर्ष उमेरका लागि COVID-19 खोप बारे बारम्बार सोधिने प्रश्नहरू
- 5-11 वर्ष उमेरका बालबालिका भएका अभिभावकहरूका लागि COVID-19 खोपहरूसम्बन्धी बारम्बार सोधिने प्रश्न
[ माथि फर्कने ]
COVID-19 परीक्षण
तपाईंमा COVID-19 का लक्षणहरू देखियो भने परीक्षण गराउनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ र गम्भीर रोगको जोखिम कम गर्न उपचार गराउनुपर्ने हुन सक्छ । यदि तपाईं COVID-19 सङ्क्रमित कुनै व्यक्तिको नजिकको सम्पर्कमा आउनुभयो भने तपाईंले मास्क लगाउनुपर्छ र सम्पर्कमा आएको पाँच दिनपछि परीक्षण गराउने बारेमा सोच्नुहोस् । निकट सम्पर्क भन्नाले दिनभरिमा 15 मिनेट वा सोभन्दा बढी समयसम्म मास्क लगाएर वा नलगाइकन सङ्क्रमित व्यक्तिसँग ६ फिटको दूरीभित्र रहनु हो । “COVID-19 परीक्षण” सम्बन्धी थप जानकारी लिनुहोस्
तपाईं बिरामी पर्नुभयो वा तपाईं COVID-19 को सम्पर्कमा आउनुभयो भने तपाईं केही समयका लागि घरमै बस्नुपर्ने हुन सक्नुहुनेछ । तपाईंलाई सहायता चाहिएमा, 2-1-1 मा कल गर्नुहोस्। आफ्ना विकल्पहरूका बारेमा बुझ्नुहोस्: सामुदायिक स्रोतसाधन
[ माथि फर्कने ]
COVID-19 को फैलिनबाटरोक्नुहोस्
COVID-19 रोग लगाउने भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलैसँग सर्छ । बिरामी हुनबाट बच्नका लागि:
-
खोप लगाउनुहोस्
-
बिरामी भएको समयमा घरमै बस्नुहोस्
-
मास्क लगाउने विचार गर्नुहोस्
-
कम्तीमा 20 सेकेण्डसम्म आफ्ना हातहरू धुनुहोस्
-
आफ्नो अनुहारलाई नछुनुहोस्
-
खोक्दा र हाच्छिउँ गर्दा हातमुख छोप्नुहोस््
-
धेरै छोइने सतहहरूलाई सफा गर्नुहोस् र जीवाणुरहित बनाउनुहोस््
दम, मधुमेह वा मुटु वा फोक्सोको रोग जस्ता स्वास्थ्य अवस्थाहरू भएका मानिसहरू कोभिड-19 बाट एकदमै बिरामी हुने उच्च जोखिममा हुन्छन्।
मास्कहरू
मार्च 12 देखि, ओरिगनका धेरैजसो भित्री सार्वजनिक सेटिङहरूमा मास्कहरू अब उपरान्त आवश्यक हुँदैन। रोजगारदाता र व्यवसायहरूले उनीहरूका आफ्नै मास्क आवश्यकताहरू राख्न सक्छन्। स्वास्थ्यस्याहार सेटिङहरू जस्ता केही स्थानहरूमा मास्कहरू अझैपनि आवश्यक हुन्छ।
COVID उच्च दरमा फैलिरहेको समयमा मुल्तनोमा काउन्टीको जनस्वास्थ्य विभागले रोग फैलिने क्रम घट्दै नगएसम्म कुनै भवनको भित्र रहँदा मास्क लगाउन सिफारिस गरेको छ । भवनभित्र वा भीडभाड भएका सार्वजनिक स्थानहरूमा मास्क लगाउनु तपाईं बिरामी हुने जोखिम कम गर्ने तरिकाको रूपमा जहिले पनि स्वागतयोग्य छ ।
मल्टनोमाह काउन्टीको पेजमा थप जान्नुहोस्: फेस कभरिङ, मास्क र COVID-19: तपाईंलाई के-के कुराहरू थाहा हुनुपर्छ
[ माथि फर्कने ]
यदि तपाईंले बिरामी भएको महसुस गरेमा
यदि तपाईंले बिरामी भएको महसुस गर्न सुरु गरेमा :
-
घरमै बस्नुहोस् र अरू मानिसहरूबाट टाढा रहनुहोस् ।
-
सम्भव भएमा परीक्षण गराउनुहोस्। परीक्षणका लागि आफ्नो चिकित्सकलाई वा क्लिनिकमा फोन गर्नुहोस्। वा COVID-19 को परीक्षण फेला पार्नुहोस्।
-
तपाईंको चिकित्सक वा क्लिनिकले तपाईं फेरि अरू व्यक्तिहरूको वरिपरि जान सक्नुहुन्छ भनेर नभन्दासम्म घरमै बस्नुहोस् । यदि तपाईं अलमलमा हुनुहुन्छ भने आफूलाई सन्चो नहुँदासम्म घरमै बस्नुहोस् ।
-
तपाईंलाई सामान्यतया राम्रो महसुस गराउने कार्यहरू गर्नुहोस्: सुत्ने, आराम गर्ने, प्रशस्त मात्रामा तरल पदार्थहरू पिउने ।
तपाईंको परीक्षणमा पोजिटिभ देखिएमा:
-
COVID-19 भएका मानिसहरू पाँच दिनसम्म घरमा बस्नुपर्छ, त्यसपछि अरू मानिसहरूको वरिपरि हुँदा उनीहरूले कम्तीमा 5 दिनसम्म मास्क लगाउनुपर्छ । विद्यालयहरूले विद्यार्थीहरूको COVID-19 को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएमा उनीहरूलाई 5 दिनसम्म विद्यालय नआउन भनिराख्ने छन् ।
आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई जतिसक्दो छिटो फोन गर्नुहोस् । तपाईंको उमेर वा स्वास्थ्य अवस्थाको आधारमा उपचार उपलब्ध हुन सक्नेछ । COVID-19 का केही उपचारहरू अनिवार्य रूपमा लक्षणहरू देखिन थालेको 5 दिनभित्र सुरु गरिनुपर्छ ।
तपाईं वा कुनै पनि उमेरको कोही व्यक्तिहरू यी आपतकालीन लक्षणहरू मध्ये कुनै देखाइरहनु भएको छ भने, तुरून्तै आपतकालीन चिकित्सा स्याहार खोज्नुहोस्:
-
श्वास फेर्नमा गाह्रो हुने
-
छाती निरन्तर दुखिरहने वा दबाव महसुस हुने
-
दुविधा हुने
-
उठ्न वा बिउझिरहन नसक्ने
-
नीलो वा खैरो ओठ वा अनुहार
-
गम्भीर रूपमा पेट दुख्ने
-
911 वा आफ्नो स्थानीय आकस्मिक सेवास्थलमा सम्पर्क गर्नुहोस् ।
-
तपाईं वा मद्दत आवश्यक पर्ने व्यक्तिलाई COVID-19 भएको हुने सक्ने कुरा अपरेटरलाई भन्नुहोस् ।
बिरामी हुँदा बिदाका विकल्पहरू, तपाईं कहिले काममा फर्कन सक्नुहुन्छ र तपाईंको COVID-19 को परीक्षणको नतिजा पोजिटिभ आएमा तपाईंले आफ्नो रोजगारदातालाई बताउन जरुरी हुन्छ कि हुन्न भन्ने बारेमा थाहा पाइराख्नुहोस् । “COVID-19 र आफ्नो रोजगारीलाई सामना गर्ने -तपाईं COVID19 बाट बिरामी हुन्छ भनेर आफ्नो रोजगारदातालाई बताउने” हेर्नुहोस्
[ माथि फर्कने ]
तपाईंको परिवारको लागि स्याहार प्राप्त गर्ने
तपाईंसँग चिकित्सक हुनुहुन्न्न भने, 211 मा वा Multnomah County प्राथमिक स्याहार सुविधा केन्द्रहरूलाई 503-988-5558 मा सम्पर्क गर्नुहोस्। अनुवादक हरू उपलब्ध हुन्छन् । Multnomah County क्लिनिकमा
-
तपाईंको स्वास्थ्य बीमा हुनैपर्छ भन्ने हुँदैन ।
-
तपाईंको आय हुनैपर्छ भन्ने हुँदैन ।
-
तपाईंको आप्रवासी स्थिति जेसुकै भएतापनि तपाईंले स्वास्थ्य सेवा प्राप्त गर्न सक्नुहुन्छ ।
-
हामीले तपाईंका जानकारीलाई कानून कानुन कार्यान्वयन गराउने वा अध्यागमन अधिकारीहरूसँग साझा गर्दैनौं ।
आप्रावासन र सीमा-शुल्क प्रवर्तन सँग अस्पताल, चिकित्सकको कार्यालय, स्वास्थ्य क्लिनिक र आपताकालीन वा आकस्मिक स्वास्थ्य स्याहार सुविधाहरु जस्ता स्वास्थ्य स्याहार सुविधाहरूमा गिरफ्तारीहरूलाई रोक्ने नीति छ।
यदि तपाईंले COVID-19 का लागि चिकित्सा उपचार वा सेवाहरू प्राप्त गर्नुहुन्छ भने तपाईंले संयुक्त राज्य अमेरिकामा स्थायी निवासका लागि आवेदन दिँदा यसलाई तपाईंको विरूद्धमा गणना गरिनेछैन । सार्वजनिक शुल्क बारे थप पढ्नुहोस् ।
मल्टनोमाह काउन्टीको पेजमा थप जान्नुहोस्: “महामारीलाई सामना गर्ने सुझावहरू”
स्रोतहरू
-
Oregon स्वास्थ्य अधिकारीमा COVID-19 अद्यावधिकहरू बारे जानकारी
-
व्यवसाय र संस्थाहरूका लागि मार्गदर्शनहरू
-
COVID-19 को अवधिमा निष्कासनसम्बन्धी जानकारी: तपाईंले निष्कासन सूचना प्राप्त गर्नुभयो भने वा भाडा सहायता आवश्यक परेमा कसरी मद्दत प्राप्त गर्ने
[ माथि फर्कने ]
कुनै प्रश्नहरू छन्?
211 जानकारी मा जानुहोस् वा बिहानको 8 बजेदेखि रातीको 11 बजेको बीचमा 2-1-1 मा सम्पर्क गर्नुहोस्। अनुवादन उपलब्ध छ।