सहयोगको लागि कसरी निवेदन दिने 

२११ इन्फो : घर भाडा नतिरेको कारणले तपाईं वा तपाईंको परिवारको सदस्यले एभिक्सन नोटिस प्राप्त गरेमा, २-१-१ मा तत्काल फोन गर्नुहोस  र घर भाडा छिटो तिरेर एभिक्सनबाट बच्ने उपाए बारे बुझ्नुहोस् |

ओरेगन इमर्जेन्सी रेंटल असिस्टेन्स प्रोग्राम (आलिटा): बिहिवार, डिसेम्बर 1 साँझको 11:59 देखि सुरु गर्दै, ओरिगन आपतकालीन भाडा सहायता कार्यक्रमले सहायताका लागि नयाँ आवेदनहरू स्वीकार गर्न रोक्ने छ। यो रुकावट कम्तीमा छ हप्तासम्म हुने छ र आवेदन पहिले नै पूरा गरी पेश गरेका मानिसहरूलाई असर गर्दैन। तपाईंलाई आफ्नो हालको भाडा वा तपाईंले अप्रिल 2020 देखि जुन 2021 सम्म नतिरेको विगतको कुनै पनि बाँकी भाडा तिर्न मद्दतको आवश्यक छ भने रुकावट सुरु हुनु अघि यो कार्यक्रमका लागि आवेदन दिनुहोस्। तपाईंलाई आवेदन पूरा गर्न सहायता आवश्यक परेमा मद्दतका लागि 2-1-1 मा फोन गर्नुहोस्।

एभिक्सन प्रिभेन्सनको बारे सूचना 

जुन ३०, २०२१ देखि ओरेगनको राज्यव्यापी घर भाडामा बस्नेहरुलाई निकाल्न नपाउने प्रावधान सकिएको छ, र हाल यो क्रियासिल छैन |

ओरेगनमा घर भाडामा बस्नेहरुलाई  ओरेगन सिनेट बिल २७८ ले   यदि घर भाडा तिर्नको लागि सहयोगको निवेदन दिएको छ र यदि उनीहरुले सो निवेदन दिएको प्रमाण उनीहरुको घर धनीहरुलाई पेश गरेमा घर भाडा नतिरेको कारणले निकाल्न बन्देज लगाएको छ | मल्टनोमा काउन्टीमा बस्ने योग्य घर भाडामा बस्नेहरुले घर धनीलाई आवश्यक नोटिस पेश गरेमा ९० दिन सम्म भाडाको घरबाट निकालिन बाट सुरक्षा प्राप्त गर्न सक्छन | ९० दिन घर भाडामा बस्नेले घर धनीलाई उनीहरुले घर भाडाको लागि सहयोगको लागि दिएको निवेदनको कागज पेश गरे पछी सुरु हुन्छ | २) घर भाडामा बस्नेहरुले उनीहरुले घर भाडा तिर्नको लागि मद्दत लिंदै गरेको संस्थाहरुबाट उचित कागजात प्राप्त गर्न सक्छन |

यसै कारणले हामी जोड दिन चाहन्छौं कि: घर भाडामा बस्नेहरुले यदि घर भाडा तिर्न सक्दैनन् भने तत्काल घर भाडाको लागि सहयोगको निवेदन दिईहाल्नु पर्छ |

यदि तपाईंको मनमा तपाईंको निवेदनको प्रमाण कसरी र कहिले दिने भनेर प्रश्न छ भने, क्रिपया तपाईंको घर भाडा तिर्न सहयोग दिने संस्थामा सम्पर्क गर्नुहोस वा ओरेगन ल सेन्टरमा कम्युनिटी अलायन्स अफ टिनेंट्समा वा लिगन एड सर्भिस अफ ओरेगनमा सम्पर्क गर्नुहोस |

कृपया भाडावालहरूलाई अप्रिल 2020 देखि जुन 2021 को महिनासम्मको लागि भाडा नतिरेको हुनाले निकाल्न सकिँदैन र उनीहरुलाई उक्त बाँकी घर भाडा तिर्न फेब्रुअरी 28, 2022 सम्मको समय छ भन्ने कुरामा जानकार रहनुहोस्।

यदि तपाईं वा तपाईंको परिवारको सदस्यले घर भाडा तिर्न नसकेको कारण एभिक्सन नोटिस प्राप्त गरेमा, २-१-१ मा फोन गर्नुहोस |

मल्टनोमा काउन्टीमा घर भाडा तिरिदिने सुविधा प्राप्त गर्न चाहिने योग्यता 

Happy black family hugging and embracing on couchयदि तपाईं मल्टनोमा काउन्टीको वासी हुनुहुन्छ र प्यानडेमिकको कारणले आफ्नो घर भाडा तिर्न संघर्षरत हुनुहुन्छ भने (हालको र पहिलेको बाँकी) तपाईं घर भाडा तिर्न प्राप्त हुने सहतोगको लागि योग्य हुन् सक्नुहुन्छ | योग्य हुन् तपाईंले तलका सबै बुंदाहरु पुरा गर्नुपर्छ |  

  1. तपाईं ओरेगनमा घर भाडामा बस्नु हुन्छ जो आफ्नो भाडा तिर्न पछाडी पर्नुभएको छ |
  2. तपाईंको परिवारका एक वा बढी सदस्यले कोभिड-१९ को कारणले कसरी सिधै वा अन्य तरिकाले उनीहरुको घर भाडा वा बिजुली, पनि टेलिफोन आदिको शुल्क तिर्ने क्षमतामा असर गर्यो भनि देखाउन सक्छन |

  3. तपाईंको परिवारको बार्षिक आय तपाईंको परिवारको आकार अनुसारको स्थानिय एरिया मिडियन इनकम (ए.एम.आइ) को ८०% वा कम छ | तलको तालिका हेरेर आफ्नो आयको योग्यता हेर्नुहोस |

परिवारको आकार 

स्थानिय एरिया मिडियन इनकम (ए.एम.आइ) को ८०%

1 $54,150
2 $61,900
3 $69,650
4 $77,350
5 $83,550
6 $89,750
7 $95,950
8 $102,150